पोखरा । पोखरामा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये १ जनाको ठेगाना खुलेको छैन । उनी ४४ वर्षीय पुरुष हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५३ वर्षीय १ जना महिला तथा ९५ वर्षीय १ जना वृद्धलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै ५ नम्बर वडामा ३० वर्षीय १ जना पुरुष, ६ नम्बर वडामा ४० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टिद भएको छ ।
पोखरा ७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २८ वर्षीय १ जना महिला तथा ३१ र ४८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ८ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३० वर्षीय १ जना महिला सहित ३१ र ३९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ११ मा ८५ वर्षीय १ जना वृद्ध, १२ की ४१ वर्षीय १ जना महिला तथा १४ का २५ वर्षीय १ जना पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
१७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा १२ वर्षीय १ जना बालिका सहित ३१ र ५४ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १९ मा ७७ वर्षीय १ जना महिला, २५ मा ६५ वर्षीय १ जना पुरुष तथा २६ मा ३३ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस अगाडि पोखरामा ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यो संगै यो समाचार तयार पार्दासम्म पोखरामा ८२ जनालाई संक्रमण पुष्टि भएको छ ।
यता तनहुँमा थप २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको भिमाद नगरपालिकाका हुन् । सो नगरपालिका अन्तरगत वडा नम्बर ३ का ४८ तथा ५ का ४० वर्षीय पुरुष हुन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार ८ सय ७७ पुगेको छ ।