पोखरा । पोखरामा आज थप ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिकामा ठेगाना नखुलेका ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४, २९, ४४ र ५५ वर्षीय ४ जना पुरुष रहेका छन् ।
त्यस्तै १ नम्बर वडा तथा ३ नम्बर वडामा २४ र ४३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा ५ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २ वर्षीय १ जना बालिका सहित ४७, ५२ र ६७ वर्षीय ३ जना महिला तथा ३३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ६ मा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका ५ जना महिला तथा ४ जना पुरुष रहेका छन् । सो वडामा २४, २५, ३२, ३७ र ४६ वर्षीय ५ जना महिला तथा ३६, ४९, ४७ र ५३ वर्षीय ४ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २९ वर्षीय १ जना महिला तथा १५ वर्षीय १ जना किशोर र ३५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २५ र ६५ वर्षीय २ जना महिला तथा ७२ र ७८ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
९ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २८ र ५४ वर्षीय २ जना महिला तथा ५६ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १० मा ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२, २५, २३, ३५, ३९, ५० र ७३ वर्षीय ७ जना महिला सहित १३ वर्षीय १ जना बालक र २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ११ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३ वर्षीय १ जना महिला तथा ३६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १२ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ७२ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
१३ नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६० वर्षीय १ जना महिला तथा ४५, ६० र ७२ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १४ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५४ र ६८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ र ५७ वर्षीय २ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १६ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २०, २२ र ६१ वर्षीय ३ जना महिला तथा २० र ४७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वडा नम्बर १७ का २४ वर्षीय १ जना पुरुष, १९ की ३१ वर्षीय १ जना महिला, २३ का २४ वर्षीय १ जना पुरुष तथा २६ का ३५ वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा २९ का २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ५४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु बाग्लुङमा ३ जना, गोरखामा २ जना, लमजुङमा ३९ जना, स्याङ्जामा २ जना, नवलपरासी पूर्वमा ५ जना, पर्वतमा २ जना तथा तनहुँमा समेत ३ जनालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार ८ सय ५५ पुगेको छ ।