पिएनमा रन्जित तामाङले भने , ‘केपी ओलीका शब्द सुन्दा लाग्छ उहाँलाई केही सन्चो छैन’

गन्थन डेस्क ।

अनेरास्ववियू केन्द्रीय सहसंयोजक रन्जित तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका दुवै पद छोड्नुपर्ने बताएका छन् ।

पृथ्वीनारायण क्याम्पसको विद्यार्थी भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीको लोभ र वार्गेनिगले पार्टी नचल्ने बताए ।

प्रधानमन्त्रीका ओलीका शब्द सुन्दा विरामी भएको झै लाग्ने गरेको उनको भनाइ थियो ।

‘केपी ओलीका शब्द सुन्दा लाग्छ उहाँलाई केही सन्चो छैन’, उनले भने ।

उनले अध्यादेश आउनसाथ ८३ जनाको हस्ताक्षर बोकेर शितल निवास पुग्ने बताए ।

केपी ओलीको विपक्षमा १ सय १० सासंदहरु रहेको उनले दाबी गरे ।

एक व्यक्ति असक्षम हुदैमा पार्टी असफल नहुने बताउँदै अर्को व्यक्ति आएर पार्टी चलाउने उनको भनाइ थियो ।

कमेन्टहरु
Loading...