पिएनमा प्रचण्ड-माधव निकट विद्यार्थीको भेला : ऐन महरले देशभर गुटभेला गर्दै हिंडेको आरोप

पोखरा । अनेरास्वबियू केन्द्रिय सह संयोजक रन्जित तामाङको उपस्थितीमा पृथ्वीनारायण क्याम्पसमा प्रचण्ड माधव निकट विद्यार्थीको भेला भएको छ ।

सह-संयोजक तामाङले गुट नभइ संगठनको भेला भएको प्रष्ट पारे । उनले संयोजक ऐन महरले देशभर गुटभेला गर्दै हिडेको आरोप लगाए ।

अनेरास्वबियू सत्ताको चाकडी गर्ने लाई पराजीत गर्नुपर्ने उनको भनाइ थियो ।

काठमाडौंमा ५० जना विद्यार्थी भेला गरेका संयोजक महरलाई जवाफ थापाथलली क्याम्पसमा सयौं विद्यार्थी भेलाबाट आफुहरुले दिएको उनको भनाइ थियो ।

केही हप्ताअघि केपी ओली समुहका नेताहरुको उपस्थितमा भएको विद्यार्थी भेलालाई संकेत गर्दै उनले पोखराको पार्टी प्यालेसमा सरकारको पैसामा गुटको भेला गरिएको आरोप लगाए ।

कमेन्टहरु
Loading...