काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा उपस्थित भएका मन्त्री ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन ।
उनले विश्वभर कोरोना महामारीको प्रभाव हुँदा स्वास्थ्य सामग्री खरिदमा केही महँगो परेको उनले बताए ।
आर्थिक र अन्य विषयसँग सरोकार राख्ने र प्रभावित गर्ने कुरामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।