काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई नियन्त्रण जान खोजेको बताएका छन् ।
आज प्रचण्ड–नेपाल समुहको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओलीले पार्टीको निर्णय नमानेपछि बाध्य भएर निषेध नभई नियन्त्रण गरेर जान खाजेको बताएका हुन् ।
ओलीले पार्टीको निर्णय मान्नुपर्ने समेत प्रचण्डको जिकिर थियो । भेलामा प्रचण्डले ओलीलाई पार्टीको निर्णय मान्न समेत आग्रह गरेका छन् ।
आज जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा भएको उक्त भेलामा ओलीले संवैधानिक परिषद् अध्यादेश फिर्ता नलिएको खण्डमा कडा कदम चाल्ने निष्कर्ष निकालेको छ ।
साथै ओलीको एकलौटीपनको विरुद्ध एक हुनुपर्ने र पछिल्लो परिस्थितिबारे एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।