नेपालमा थप ७ सय ८३ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । नेपालमा थप ७ सय ८३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ७ सय ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये ३ सय ५ जना महिला तथा ४ सय ७७ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

हाल नेपालमा ९ हजार ३ सय १७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ५ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा थप १ हजा्र २९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।

यस्तै पछिल्लो अवधिमा नेपालमा थप १६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय ६५ पुगेको छ ।

हाल नेपालमा ५ हजार ८ सय ३४ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ८३ जना संक्रमितको आइसियु तथा ४९ जना संक्रमितको भन्टिलेटरमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...