पोखरा । पोखरामा विषेश गरेर महिलालाई केन्द्रित गरेर क्रिस्टल वयेर सञ्चालनमा आएको छ । क्रिस्टल इन्टरटेनमेन्ट प्रालिले महिला तथा चलचित्र क्षेत्रलाई लक्षित गरेर क्रिस्टल वयेर सञ्चालनमा ल्याएको हो ।
आजबाट सुरु भएको क्रिस्टल वेयरमा नेपालमा नै उत्पादित सामान पाइने छ ।
सञ्चालकमध्येका १ गोविन्द बास्तोलाका अनुसार आफैंले नै उत्पादन गर्ने भएकाले मूल्य सुफत नै हुने छ । विषेश गरेर ३० वर्ष उमेरसम्मका महिलाालई केन्द्रित गरेर उक्त पसल सञ्चालनमा ल्याइएको बास्तोलाले जानकारी दिएका छन् ।
इन्टरटेनमेन्टले ‘मिठो प्रोडक्ट’ पनि सञ्चालनमा ल्याएको छ ।
‘मिठो प्रोडक्ट’ मा नेपाली परिकारलाई महत्व दिइने प्रबन्ध निर्देशक निश्चल खड्गीले जानकारी दिएका छन् । नेपालमा नै उत्पादन हुने खानालाई ‘मिठो प्रोडक्ट’ ले महत्व दिने प्रबन्ध निर्देशक खड्गीले बताए ।