साढे २ लाख दर्शक र २७ करोडको कारोवार, ६ महिनाभित्र चुनाव र स्पष्ट आर्थिक एजेण्डा नै निजी क्षेत्रको मागः वैद्य

पोखरा,१ पुस/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले निजी क्षेत्रको लागि आगामी सरकारको नेतृत्व  कुन दलको कसले गर्ने भन्ने विषय गौण भएको बताएका छन् । उनले ६ महिनाभित्र चुनाव गराउने र अर्थतन्त्रको विकासको लागि स्पष्ट एजेण्डा बोक्ने सरकार नै निजी क्षेत्रको चाहना भएको प्रष्ट पारेका  छन् । पोखरामा मंसिर २१ गतेदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको समापन कार्यक्रममा उनले राजनीतिक गतिरोध अन्त्यको लागि छिटो सहमतिको सरकार निर्माण गर्न राजनीतिक दलहरुसँग आग्रह गरे ।राजनीतिक अन्यौलताका बीचमा पनि  निजी क्षेत्र देशको विकासको लागि भने क्रियाशिल भएको दावी गर्दै उनले ‘निजी क्षेत्र देश कता जान्छ भन्ने सोचेर बढी निरास भएको छ ।’ वैद्यले राजनीतिक अन्यौलताकाबीच पनि निजी क्षेत्र देशमा लगानी भित्र्याउन क्रियाशिल भएको बताए । उनले देशमा स्वदेशी र विदेशी लगानी भित्र्याउन लगानीकर्ता बोलाएर पाँचै विकास क्षेत्रमा गरिने कार्यक्रमहरु तय भएको बताए । पोखरा क्षेत्रमा लगानीका अवसर के के हुन्न भन्ने स्पष्ट खाका बनाउन उनले आग्रह पनि गरे । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्नै पर्नैमा उनको जोड थियो । ‘ विकासमा राजनीति हुनु हुँदैन, विकास आउनैपर्छ ।’– उनले थपे ।

कार्यक्रम तथा मेला आयोजक संस्था पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले मेला आफ्नो उदेश्यमा सफल भएको दावी गरे । लगानीको सम्वर्दनः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित मेला आयोजना भएको थियो । उनले राजनीतिक अन्यौलताका बीचमा पनि निजी क्षेत्र लगानी बढाउँदै  अवसर सृजनामा लागेको उनको भनाइ थियो । उनले मेला अवधीभर झण्डै २ लाख ५० हजारले मेलाको अवलोकन गरेको र २७ करोड जतिको र्आिर्थक कारोवार भएको जानकारी दिए ।

मेला अन्तर्गत भएको लोकदोहोरी प्रतियोगिताको उपाधी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बाग्लुङले हात पा¥यो । उसले उपाधीसहित प्रमाणपत्र र ३० हजार नगद प्राप्त ग¥यो । लोकदोहोरी गीत प्रतिष्ठान पर्वतले दोस्रो भएर २० हजार र प्रमाणपत्र प्राप्त ग¥यो भने निश्चल दवाडीको समूह तेस्रो र लोकदोहोरी प्रतिष्ठान कास्कीको समूह बिले सान्त्वना स्थान पायो । दुई टिमले क्रमशः १२ र ६ हजार प्राप्त गरे । प्रतियोगितामा १० जिल्लाका १६ टिम सहभागी थिए ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको  औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले  मेलाको आयोजना गरिएको हो । सरकार र सरोकारवालालाई   परिवर्तनलाई दीगो बनाउन पनि आर्थिक उत्थान जरुरी छ भन्ने सन्देश दिने उदेश्य समेत रहेको मेलामा विभिन्न खालका २ सय ५७ वटा स्टल रहेका थिए ।

कमेन्टहरु
Loading...