मनाङमा फेरि देखियो कोराना

मनाङ । देशैभरि कोरोना संक्रमण फैलिएको बेला मनाङमा भने संक्रमितको संख्या शून्य थियो । संक्रमितको संख्या घट्दो अवस्थामा मनाङमा आज कोरोना संक्रमण देखिएको छ । जिल्लामा संक्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसिआर अनिवार्य गरिएको छ ।

हालसम्म मनाङमा २८२ जनाको स्वाब संकलन भएकामा १० जनाको कोरोना पोजेटिभ देखिएको जिल्ला स्वस्थ्य प्रमुख बद्री आचार्यले जानकारी दिएका छन् । उनका अनुसार ९ जना संक्रमित निको भएसँगै मनाङ शून्य रहेको हो ।

शून्य भएको धेरै दिनपछि आज १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो, रुघाखोकीका कारण लमजुङ सदरमुकाम बेसींसहरमा उपचार गराइरहेका नासो गाउँपालिकाका ५८ वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनको उपचारकै क्रममा लमजुङबाट नै स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको र आज संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयले जनाएको छ । उनको थप उपचारका लागि काठमाडौं लगिएको स्रोतले जनाएको छ ।

हालसम्म अधिकांश बाहिरी जिल्लाबाट यस जिल्लामा कार्यरत कर्मचारीमा संक्रमण देखिए पनि पछिल्लो समयमा भने स्थानीयवासीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले मनाङ जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार नासो गउँपालिकाका २ र चामे गाउँपालिकामा १ स्थानीय संक्रमित पुष्टि भएको र २ जना निको भइसकेका छन् । हाल जिल्लामा १ मात्रै संक्रमित रहेका छन् । अन्य बिरामी निको भएर घर फर्किसकेका छन् । रासस

कमेन्टहरु
Loading...