गन्थन डेस्क
अनेरास्वबियूका केन्द्रीय सह संयोजक रन्जित तामाङलाई विद्यार्थीले लखेटेका छन् ।
सुटुक्क पूर्व माओवादी र क्रान्तिकारीका विद्यार्थी सहित भेला खोजेपछि म्याग्दी अखिलका कार्यकर्ताहरुले कार्यक्रम विथोलेका थिए ।
निधन भएका पूर्व क्रान्तिकारीका नेता यमनाथ पौडेलको श्रदाञ्जली दिन पुगेका उनीले म्याग्दी अनेरास्वबियूसंग समन्वय नगरि गुट भेला गर्न खोजेपछि कार्यक्रम विथोलिएको अनेरास्ववियू बेनी नगर कमिटी संयोजक समिर रोकले जानकारी दिए ।
तामाङले पार्टीसंग समन्वय नगरि पूर्व माओवादी नेतासहीत पत्रकार सम्मेलनको तयारी गरेका थिए ।
अखिलको झण्डा व्यानर विना कार्यक्रम गर्न तयारी गरेपछि कार्यक्रम स्थल पुगेरै विद्यार्थीहरुले विरोध गरेका थिए ।
भनाभानको स्थितीपछि उनलाई प्रहरीले सुरक्षा दिएर कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो ।
अनेरास्ववियू केन्द्रीय सदस्य सुदीन पौडलले कुनै भेला नभइ आफ्ना मन मिल्ने साथीहरुको भेटघाट मात्रै भएको बताए ।
आफुहरुसंग समन्वय नगरि हिजो आएर शुक्रवार विहानै पूर्व क्रान्तिकारी र माओवादी बिचको भेला गर्ने तयारी गरेपछि विथोलिएको अनेरास्वबियू म्याग्दी संयोजक सुवास बिश्वकर्माले जानकारी दिए ।