गण्डकी प्रदेशमा २ जनाको निधन, ५ जना घाइते

पोखरा । गण्डकी प्रदेशमा आज कास्की र म्याग्दी जिल्लामा २ जनाको ज्यान गएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ओखलढुंगा घर भई पोखरा महानगरपालिका– १६ लामाचौर बस्ने ४५ वर्षीय सार्कीमान मगरको बाथरुममा लडेका कारण ज्यान गएको हो । बाथरुममा अचानक लड्न गई घाइते भएका उनको उपचारका क्रममा फिस्टेल अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।

यता म्याग्दीस्थित धौलागिरी गाउँपालिका वडा नं ३ मुनास्थित दरखोलाका ४२ वर्षीय केशबहादुर बुढा पानीमा मृत अवस्थामा भेटिएका हुन् । कास्की र गोरखामामा भएको छुट्टाछुट्टै कुटपिट घटनामा ३ जना घाइते भएका छन् । रासस

कमेन्टहरु
Loading...