प्रदेशमा थप ११ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशका ३ जिल्लामा थप ११ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमध्ये २ जना गोरखा र २ जना स्याङ्जाका रहेका छन् ।

यता नवलपरासी पूर्वमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय ६५ पुगेको छ ।

कमेन्टहरु
Loading...