पोखरा । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रदेशमा ६ जिल्लाका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २३ जना कास्कीका पोखरा महानगरपालिकाका रहेका छन् । त्यस्तै मनाङ र मुस्ताङमा समेत संक्रमति थपिएका छन् । मनाङमा १ जना र मुस्ताङमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यता लमजुङमा थप ७ जनामा संक्रण्मा पुष्टि भएको छ । त्यस्तै तनहुँमा पनि थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता स्याङ्जा जिल्ला पुतलिबजार नगरपालिकामा थप १ जनमा भाइरस पोजेटिभ देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय २६ पुगेको छ ।