पोखरा । नेपालमा थप ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो पटक गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये २ सय ९१ जना महिला तथा ४ सय ४५ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।
हाल नेपालमा ९ हजार ७ सय ५७ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै यो अवधिमा नेपालमा थप ८ सय ४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ खाल ३९ हजार ४ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १३ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय ४३ पुगेको छ ।
हाल नेपालमा ६ हजार ९४ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ८९ जना संक्रमितको आइसियु तथा ५९ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा ५ सयभन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा कास्की सहित काठमाडौं र ललितपुर रहेका छन् । त्यस्तै मनाङमात्र सक्रिय संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।