पोखरा । पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ कयेर डायग्नोस्टिक प्रालि पोखरा तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५७ वर्षीय १ जना महिला तथा २० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
३ नम्बर वडामा ३५ वर्षीय १ जना, ४ नम्बर वडामा ३२ वर्षीय १ जना तथा ५ नम्बर वडामा २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ६ मा २ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । सो वडामा १२ वर्षीय १ जना बालिका तथा ५६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ८ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६५ वर्षीय १ जना महिला सहित ५१ र ७२ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १० मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५, ५५ र ७८ वर्षीय ३ जना महिलालाई संक्रमण पुष्टि भएको हो ।
१२ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४९ र ५३ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १३ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र ४९ वर्षीय २ जना महिला सहित ३१ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २३ वर्षीय १ जना महिला सहित १९ र ४९ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २१, २४ र ४७ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२८ नम्बर वडामा ४६ वर्षीय १ जना पुरुष तथा ३१ मा २१ वर्षीय १ जना महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु तनहुँमा ५ जना तथा पर्वतमा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार ५ सय ५४ पुगेको छ ।