गन्थन डेस्क
प्रधानमन्त्री केपी ओलीको स्वेच्छारी र निरंकुश शासकीय शैलीको विरोधमा जनता समाजवादी पार्टी (जसपा) कास्कीले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच हात हालाहाल भएको छ ।
पोखराको मानवअधिकार चोकबाट शुरु भएको ¥याली महेन्द्रपुलमा पुगेर प्रम ओलीको पुत्लादहन गर्न लाग्दा प्रहरीले अवरोध गरेपछि केहीबेर दुबै पक्षबीच तनाव श्रृजना भएको हो ।
तनावका बाबजुद जसपाले पुत्ला जलाएरै छाडेको छ ।