‘संसद् अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाएका छन् ।

सरकारले आज संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् ।

‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उनले जनाएका छन् ।

कमेन्टहरु
Loading...