पोखरा । नेपालमा थप ९ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ९ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये ३ सय ५१ जना महिला तथा ५ सय ८५ जना पुरुष रहेका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । हाल नेपालमा ९ हजार ८ सय ८१ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ७ हजार १ सय १७ जनाको पिसिआर परीक्षण गरिएको छ । यस्तै यो अवधिमा नेपालमा थप १ हजार ९ सय ९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ ।
यस्तै यो अवधिमा नेपालमा थप १४ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय ३० पुगेको छ ।
हाल नेपालमा ६ हजार १ सय ३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय २१ जना संक्रमितको आइसोलेसन तथा ४८ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।