संवैधानिक परिषद् अध्यादेश जारी, बैठकका लागि सभामुख नचाहिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छिन् ।

संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जानकारी दिएका छन् । यो अध्यादेश पारित भएपछि अब संवैधानिक परिषदको बैठक बस्न सभामुख नचाहिने भएको छ ।

२ पटकसम्म सभामुख अग्नि सापकोटा परिषद बैठकमा उपस्थित नभएपछि आज बसेको मन्त्री परिषद् बैठकले अध्यादेश जारी गरेको हो ।

यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अध्यादेश तत्काल गर्न माग गरेका छन् । पार्टीमा अन्य नेतासंगको सल्लाह बिना अध्यादेश जारी गरेको भन्दै उनले तत्काल फिर्ता लिनुपर्ने माग गरेका हुन् ।

यो निर्णय बदुनीयतपूर्ण रहेको उनको आरोप छ । अन्य राजनीतिक दलहरुले समेत संसदको अधिवेशन बोलाउन माग गरेको समयमा संवैधानिक परिषद् अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको उनले आरोप लगाएका छन् । उनले राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको यो कदम असंवैधानिक भएको आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...