काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग गरेका छन् । स्रोतले दिएको जानकारी अनुसार प्रमुख सचेतक गुरुङलाई प्रधानमन्त्री ओलीले बोलाएर राजीनामा माग गरेका हुन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूविरुद्धका विभिन्न गतिविधि गरेर हिंडेकाले गुरुङको राजीनामा माग गर्नुपरेको बताएका छन् ।
स्रोतका अनुसार गुरुङको राजीनामा मागिएको विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाललाई ओलीले जानकारी गराइसकेका छन् । यो विषयमा प्रचण्डले भने प्रतिवाद गरेको बताइएको छ ।
यता सचेतक गुरुङले यो निर्णय पार्टीको नभएको भन्दै राजीनामा किन दिने भन्दै प्रश्न उठाएका छन् । उनले यो विषयमा धेरै नबोल्ने भन्दै विचार तथा लाइन नमिलेपछि राजीनामा माग गरिएको हुन सक्ने बताएका छन् ।