पोखरामा थप १४ जनालाई कोरोना संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अध्यावधिक जानकारी अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु पोखरा ५ का ३१ वर्षीय १ जना पुरुष, ६ की १९ वर्षीय १ जना महिला तथा ९ का ५५ वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १० मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र ५७ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १४ नम्बर वडामा ६५ वर्षीय १ जना पुरुष, १५ नम्बर वडाका ३६ वर्षीय १ जना पुरुष तथा १६ नम्बर वडाका ६० वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १७ मा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडामा ३४ वर्षीय १ जना महिला तथा ३२ र ४९ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ७६ वर्षीय १ जना महिला तथा ६१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा २९ की २८ वर्षीय १ जना महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरु लमजुङमा ५ जना तथा तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ४ सय ७६ पुगेको छ ।

कमेन्टहरु
Loading...