क्यामरा चोरीको आरोपमा पोखरामा २ जना पक्राउ

पोखरा । पोखरामा क्यामरा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

यही मंसिर २३ गते पोखरा ३ तेर्सापट्टीका प्रवीण वैद्यको घरबाट २ लाख ५० हजार मुल्य बराबरको क्यानोन क्यामरा चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रोल्पा घर भइ हाल पोखरा ५ जिरो किमीमा बस्दै आएका १९ वर्षीय दीपक मगर तथा पोखार २२ पुम्दीभुम्दीका १९ वर्षीय अनिष बराल रहेका छन् ।

पक्राउ परेका २ जना विरुद्ध नै चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...