नेपालमा पिसिआर परीक्षणको दर हरेक दिन घट्दै

पोखरा । नेपालमा थप ८ सय २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ८ सय २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा पोजेटिभ रिर्पोट आएकामध्ये ३ सय १७ जना महिला तथा ५ सय ४ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।

हाले नेपालमा १० हजार ९ सय ५५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ५ हजार ४ सय २३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप ८ सय ४२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।

यस्तै नेपालमा थप १८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ७ सय १६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार हाल नेपालमा ७ हजार ३ सय ४० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै २ सय ७३ जना संक्रमितको आइसियु तथा ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै काम्स्की सहित काठमाडौं तथा ललितपुरमा ५ सयभन्दा माथि उपचारार्थ सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । नेपालमा मनाङमात्र सक्रिय कोरोना भाइरस संक्रमितको संख्या सुन्य भएको जिल्ला हो ।

कमेन्टहरु
Loading...