कम्युनिष्टलाई नांगेझार बनाएर सडकमा डुलाउँछौः नेता थापा

गन्थन डेस्क

नेपाली कांग्रेस कास्कीका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले कम्युनिष्टहरु भ्रष्टाचारमा लिप्त भएको बताउँदै कांग्रेसले नांगेझार बनाएर सडकमा डुलाउने बताएका छन् ।

कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोधसभा गर्ने क्रममा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे थापाले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए ।

‘भ्रष्टाचार पहिले पनि हुन्थ्यो तर हजारमा सुनिन्थ्यो’ उनले भने ‘अहिले खर्बमा सुनिन्छ ।’ वाइडबडी, ओम्नीकाण्डमा लुटेर सरकाले कोभिडको सामानमा पनि लुट्न नछाडेको भन्दै उनले आक्रोश पोखे ।

‘कम्युनिष्टले चुनाव जितेर सोच्यो होला अब हामी आरामले खान्छौं’ उत्तेजक मुद्रामा उनले भने ‘अब कांग्रेस जागेको छ कम्युनिष्टले ल्याएको भोट जति त हामी सडकमा मान्छे उतार्छौ ।’ प्रतिपक्षको आवाज सुन्न गाह्रो भएपनि आफ्नै सचिवालय र कार्यकर्ताको प्रश्नसमेत सुन्न नसक्ने सरकार स्पष्टतः सर्वसत्तावादको बाटोमा अघि बढेकोे उनको अभिव्यक्ति छ ।

अहिले जति लुटेपनि, भ्रष्टाचार गरेपनि ०७९ को निर्वाचनमा जितेर कानून संशोधन गर्दै भ्रष्टलाई कार्वाही गरेरै छाड्ने उनले उद्घोष गरे ।

यसअघि विपिचोकबाट सुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको छ भने केही समयमा पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्नेछन् ।

 

कमेन्टहरु
Loading...