फाइल तस्बिरः मेडिसिटी हस्पिटल
दिपक के श्रेष्ठ
गत ८ गते पोखरामा भएको प्याराग्लाइडिङ दुर्घटनामा परि गम्भीर घाइते भएकी काठमाण्डौं बुढानिलकण्ठ घर भएकी २८ वर्षीया शीला श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।
सराङकोटबाट फिस्टेल प्याराग्लाइडिङको टेन्डम फ्लाइटमा उडेकी श्रेष्ठ दुर्घटनामा परेपछि उनलाई तत्काल सृजनाचोकस्थित मेट्रोसिटी अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य चेकजाँचपछि स्थिति गम्भीर भएको भन्दै थप उपचारार्थ हेलिकप्टरमार्फट काठमाण्डौंको मेडिसिटी अस्पताल पु¥याइएको थियो ।
ढाड, छाती र खुट्टामा चोट लागेको श्रेष्ठको अवस्था हाल सामान्य हुँदै गएको प्याराग्लाइडिङ कम्पनीले जनाएको छ । ‘उहाँ अहिले बोल्ने, आफै खाना खानसक्ने हुनु भएको छ’ कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको अनुसार सम्भवतः एक हप्तापछि श्रेष्ठ डिस्चार्ज हुनेछिन् ।
उनको उपचार खर्च प्याराग्लाइडिङ र बीमा कम्पनीले व्यहोर्ने भएको छ । उक्त दुर्घटनामा परि प्यारापाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको थियो ।