पोखरा । पोखरा-४ गैह्रापाटन स्थित नेलम्बो नेपालले आज दुई छुट्टा छुट्टै कार्यक्रमका बीच पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको कविशिरोमणी लेखनाथ आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नं. ३१ मा रहेको श्री अमर सिद्ध नमुना माध्यमिक विद्यालय लाई कोभिड १९ को विषम् परिस्थितिमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय संचालन गर्न स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ ।
नेलम्बो नेपालले आज पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयमा कोभिड १९ को समयमा विद्यालय सञ्चालन गरी विद्यालयमा पठन पाठन गराई रहेको र स्वास्थ्य सावधानी अपनाई शिक्षण कार्य गर्न माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, स्प्रे बोतल, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेस सिल्ड, डिस्पोजिवल ग्लोब्स, हाज धुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद मैनाली र वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्गलाई नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले कोभिड १९ को यस विषम् परिस्थितिमा विद्यालयहरु पूर्ण रुपमा मारमा परेको र स्वास्थ्य सुरक्षाका सामग्रीहरुको अभावमा विद्यालय संञ्चालन गर्न अप्ठ्यारो पर्यो भनि नेलम्बो नेपालमा आएको माग पत्रका आधारमा सहयोग गरेको व्यक्त गरे ।
उनले आगामी दिनमा पनि नेलम्बो नेपाल थप सहकार्य गरी अगाडी बढ्ने कुरा बताए ।
सहयोग गर्दा सक्रिय सहभागीता र त्यसको दुरुपयोग नहुने स्थानमा आफुहरु पनि सहयोग गर्न सधै इच्छुक रहने कुरा व्यक्त गरे ।
सो कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्गले यस विपन्न समुदाय रहेको विद्यालयमा नेलम्बो नेपाल आई सोचे भन्दा पनि धेरै र गुणस्तरीय स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गराएकोमा आभार व्यक्त गरे ।
उक्त सहयोगले विपन्न अभिभावकका वालबच्चाहरुलाई राहात पुग्ने र ढुक्क सँग स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नमा ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा विद्यालय प्रधानाध्यापक गुरु प्रसाद सापकोटा र नेपाल पत्रकार महासंघ कास्कीका सचिव राम प्रसाद तिमिल्सेनाले पनि मन्तव्य राखेका थि ।
आजै नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. ३१ मा रहेको श्री अमरसिद्ध नमुना माध्यमिक विद्यालयलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, स्प्रे बोतल, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेस सिल्ड, डिस्पोजिवल ग्लोब्स, हाज धुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद पौडेल र पोखरा महानगर पालिका का वडा अध्यक्ष कमल बहादुर थापा लाई नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा र कार्यक्रम संयोजक डा। किसन कोइरालाले हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले आफुहरुले यस विद्यालयलाई सानो सहयोग गरी कोभिड १९ मा स्वास्थ्य सावधानी अपनाउन प्रति प्रेरित गरेको बताए ।
विद्यालयमा माक्स प्रयोग गरि सकेपछि त्यसको फोहोर व्यवस्थापन पनि ध्यान पु¥याउन आग्रह गर्नु भयो । उक्त कार्यक्रममा धन्यवाद दिँदै पोखरा महानगर पालिका वडा नं। ३१ का वडा अध्यक्ष कमल बहादुर थापाले नेलम्बो नेपालले विगत समय देखि नै यस वडामा कोभिड १९ सम्बन्धी सहयोगी कार्यहरु गर्दै आएको प्रति आभार व्यक्त गरे ।
नेलम्बो नेपालले सहि समयमा उपयुक्त स्वास्थ्य सामग्रीहरु विद्यालयमा सहयोग गरी विद्यार्थी, शिक्षक र अभिभावकको मनोवल उच्च राखेकोमा नेलम्बो नेपाल प्रति धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा प्रधानाध्यापक, विद्याल व्यवस्थापन समितिका अध्यक्ष शंकर नाथ पौडेल, शिक्षक अभिभावक समितिका अध्यक्ष प्रकाश सापकोटा लगायतले बोलेका थिए ।
उक्त कार्यक्रममा श्री कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयमा रु १९,४२०।– र श्री अमर सिद्ध नमुना माध्यमिक विद्यालयमा रु २०, ४३०।– गरि जम्मा रु ३९,८५०।– रुपैया बरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बर्ताए ।