काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आगामी पुस १ गते दिउँसो १ बजे बस्ने गरेर स्थगित भएको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको स्थायी कमिटीको बैठकमा नेपा कमानसिंह लामाको निधनप्रति शोक व्यक्त गरिएको थियो । मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा सहभागी नभएपनि आजको बैठकमा भने प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए ।
