एलिजा सिङगिङ स्टार टप सिक्सको एल्वम छिट्टै बजारमा आउने

पोखरा, ३० मङ्सिर। एलिजा फिल्मस् प्रालिले नया गिति एल्वम निकाल्ने भएको छ। एलिजा फिल्मस् नेपालद्धार सञ्चालित पोखरा नाच घरको आयोजना पोखरामा भएको खुल्ला सिङ्गीङ स्टार २०७० टप सिक्समा पुगेका प्रतियोगिहरुको स्वरलाई समेट उक्त एल्वम निकाल्न लागिएको प्रालिका प्रवन्ध निर्देश जिवन सुनारले जानकारी दिए ।सुनारको शव्द संगित रहेको उक्त एल्वममा छ वटा गित समावेश गरिने छ । उक्त गितमा एलिजा सिङ्गिङ स्टार गौरव घिमिरे फस्ट रनरअफ पूजा थापा तथा शक्ति कुमार श्रेष्ठ, अर्जूनकुमार थापा, सन्तोष वस्याल, अनिल विक र साथमा चर्चित गायक स्वरुपराज आचर्यको समेत स्वर रहेको छ । एल्वममा गितको एरेञ्जर योगेश काजि विसीको रहेको छ । गितको सम्पूर्ण रेकडि· ड्रिम्स रेकर्डि· स्टुडियो काठमाण्डौमा भएको छ ।
एल्वमको तयारी अन्तिम चरणमा पुगेको सुनारले जानकारी दिए । गित रेकडिर्· सकिएको छ अव प्रि मास्टरि· मात्रै वाकि रहेको छ उनले भने– माघको पहिलो हप्तामा नै एल्वम वजारमा ल्याउने तयारीमा जुटेको छु । एल्वमले राम्रो सफलता पाउनेमा आफु विश्वस्त रहेको उनले जानकारी दिए । पछिल्लो समयमा सांगित माहोल खस्कीदै गएको छ उनले भने– यो चुनौतीको वावजुत पनि नया कलाकार लिएर एल्वम निकालेर सांगितक फिल्डमा नया आयम थप्ने कोशिस गरको छु ।
लामो समयमा सम्म सांगित फिल्डमा नै विताएका सुनारले यस अघि चार वटा एल्वम र धन्दै दुई दर्जन गितमा स्वर तथा संगित दिईसकेका छन् । साथै उनले चलचित्र समेत निर्माण गरि सकेका छन् । उनले एल्वममा रहेको गितहरुलाई समवेश गरेर म्यूजिक भिडियो पनि निकाल्ने सोचमा रहेको जानकारी दिए । म्यूजिक भिडियोमा एलिजा डान्स स्टारको उपाधि चुमेकी मेलिना सुनारलाई समेत खेलाउने उनले जानकारी दिए । यस अघि एलिजा डान्स एण्ड सिङ्गिङ स्टार कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेका उनले छिट्टै नै एलिजा डान्स एण्ड सिङ्गिङ स्टार सिजन २ गर्ने तयारीमा रहेको समेत जानकारी दिए ।

कमेन्टहरु
Loading...