पोखरा । कास्कीमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्कीमा थप २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये जिल्लाको रुपा गाउँपालिकाका ३ जना रहेका छन् । सो गाउँपालिकामा ५१ वर्षीय १ जना महिला सहित ६४ र ७१ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यस्तै मादी गाउँपालिकामा ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो गाउँपालिकामा २८, ३१, ४५ र ४६ वर्षीय ४ जना महिला तथा २७ र ५१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । उनीहरु गाउँपालिका अन्तरगत कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
यता पोखरामा ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु पोखरा १ की २२ वर्षीय १ जना महिला, ५ का ५६ वर्षीय १ जना पुरुष, ७ की ६० वर्षीय १ जना महिला, ९ का २० वर्षीय १ जना पुरुष, ११ की ४१ वर्षीय १ जना महिला, १२ का ३९ वर्षीय १ जना पुरुष तथा १४ की ३० वर्षीय १ जना महिला रहेकी छिन् ।
त्यस्तै पोखरा १७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २९, ४४ र ६० वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्ला बाग्लुङमा ६ जना, लमजुङमा ४ जना, म्याग्दीमा १ जना, स्याङ्जा ४ जना तथा तनहुँमा १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार २ सय ९६ पुगेको छ ।