बुल्दी पुलको लहरोः सोमबार पोखरामा कांग्रेसको शक्ति प्रदर्शन

 

दिपक के श्रेष्ठ

नेपाली कांग्रेस कास्कीले सोमबार पोखरामा शक्ति प्रदर्शन गर्ने भएको छ । सरकारको अधिनायकवादी चिन्तन र सर्वसत्तावादको विरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय कार्यक्रमअनुसार भोली पोखरामा पनि कांग्रेस सडकमा उत्रने भएको हो ।

प्रदर्शनका लागि सम्पूर्ण तयारी पुरा भएको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिएका छन् । प्रदर्शनमा सहभागी हुन कास्कीका सबै क्षेत्रबाट नेता कार्यकर्ता उपस्थित हुने केसीले बताए । ‘क्रियाशील सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छौं’ केसीले भने ‘प्रदर्शनमा सहभागी हुनेलाई सुरक्षाको सम्बन्धमा सचेत हुन पनि आग्रह गरेका छौं ।’

सबै क्षेत्रबाट भेला हुने प्रतिनिधिहरु दिउँसो साढे ११ बजे विपिचोकमा जुटेर ¥याली सुरु गरिनेछ । उक्त ¥याली महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुनेछ । सभालाई कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्नेछन् ।

सरकार निरंकुश भएको र सर्वसत्तावाद लाद्ने योजनामा अघि बढेको भन्दै नेपाली कांग्रेसले सोमबार देशव्यापीरुपमा प्रदशर्न गर्ने कार्यक्रम रहेको छ । गत मंसिर १७ गते तनहुँको व्यासमा बुल्दी खोलाको पुल उद्घाटन गर्ने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रशासनले बल प्रयोग गरेपछि कांग्रेसले देशव्यापीरुपमा प्रदर्शनको तयारी गरेको हो ।

 

कमेन्टहरु
Loading...