प्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेश पार्षद् हिमनिधि लौडारीलाई पितृशोक परेको छ । उनका पिता गंगाराम लौडारीको ८७ वर्षको उमेरमा शनिबार निधन भएको हो । नेपाल प्रेस युनियन कास्कीले लौडारी परिवारमा परेको पितृशोक प्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । उच्च रक्तचापको कारण पीडित लौडारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा निधन भएको परिवार श्रोतले बताएको छ । तनहु जिल्ला भानु नगरपालिका वडा नं १० लामास्वाँरा निवासी स्व गंगाराम लौडारीका श्रीमती, २ छोरा पत्रकार हिमनिधि लौडारी र भरत लौडारी, २ बुहारी, २ छोरी र ८ जना नातिनातिना छन् ।

जेठा छोरा हिमनिधि हिमदूत दैनिकका प्रबन्ध सम्पादक, जेठी बुहारी रबीना आले लौडारी प्रेस युनियन कास्कीकी उपाध्यक्ष एवं रेडियो तरंगकी स्टेसन मेनेजर र अर्का छोरा भरत लौडारी प्रेस युनियन कास्कीका साधारण सदस्य हुन् ।

कमेन्टहरु
Loading...