बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ । डिजेल र मटीतेल ९१ रुपैयाँ पुगेको छ ।

वृद्धि गरेको मूल्य शनिबार रातिदेखि नै लागू भएको छ ।

कमेन्टहरु
Loading...