दिगोशान्ति महिला बिकास बचत तथा ऋण सहकारीको प्रारम्भिक भेला सम्पन्न

पोखरा । दिगोशान्ति महिला बिकास बचत तथा ऋण सहकारी संस्था लि पोखरा- ३३ को प्रारम्भिक भेला शनिवार सम्पन्न भएको छ ।

‘समृद्ध ,समुन्नत ,समाबेशी समाज निर्माणका लागि सामुहिक संकल्प’ भन्ने मुल आदर्श बाक्यका साथ पोखरा-३३ र २१ का दिदिबहिनीहरुको आर्थिक बिकास र क्षमता अभिबृद्दि गर्ने मुल आशयका साथ उक्त संस्था स्थापना गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाअध्यक्ष शिव प्रसाद आचार्यले सहकारीले उत्पादनमूलक आत्मनिर्भरमा लाग्नका लागि सहयोगी हुने बिश्वास ब्यक्त गरे।

नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय संचालक तथा गण्डकी प्रदेशका संयोजक कमला गिरीले सिमान्तकृत वर्गका महिलाको आर्थिक उत्पादनमा सेबामा तथा पहुँच सुनिश्चितता गरि महिलाको निर्याय क्षमता र नेतृत्व बिकासमा दिगो बिकास सहकारीले महत्वपुर्ण भुमिका खुेल्ने कुरामा बिश्वास ब्यक्त गरिन् ।

जिल्ला सहकारी संघ कास्कीका संचालक संगिता गौतम तिमिल्सिनाले प्रक्षिणात्मक मन्तब्य राख्दै सहकार्य र सहअस्तित्वको सिद्धान्तको अंगिकारले मात्रै सफल सहकारी संचालक सफल बन्न सकिने बिचार ब्यक्त गरिन् ।

उक्त कार्यक्रममा पोखरा ३३ निर्वाचित महिला सदस्य शान्ति आचार्यले सहकारीका ७ सिद्धान्त अनुरुप चुनौती र अबसर दुबै रहेकाले सकरात्मक सोचका साथ सामुहिक प्रणालीमा सबैलाई आग्रह गरे ।

कार्यक्रममा भरतपोखरी बिकास मन्चका अध्यक्ष डिल्लीराम बराल ,माछापुच्छ्रे टोल बिकास संस्थाका अध्यक्ष हरि प्रसाद पौडेल ,अन्नपूर्ण टोल बिकास संस्थाका अध्यक्ष अमर बहादुर थापा , बालादेबि टोल बिकास संस्थाका अध्यक्ष ,केशब प्रसाद लामिछाने , दुवार आमा समुहका अध्यक्ष रमा आचार्य युबा समाजसेवी वसन्त चन्द शर्मा लगायतका बक्ताले सहकारी संचनलन सफलताको शुभकामना ब्यक्त गरे ।

संस्थाको पोखरा ३३ को ठुलढुङ्गाचोक गण्डकीबेसीमा मुल कार्यलय रहनेछ ।

उक्त भेलाले रमादेबी आचार्यको संयोजकत्वमा १५ सदस्यीय कार्य समिति समेत छनौट गरेको छ ।

समितिको सदस्यमा तिर्थमाया लामिछाने , शान्ति भारती ,ऋषिमाया लामिछाने ,देबी आचार्य ,पार्बती भण्डारी ,देबि गुरुङ ,कल्पना नेपाली ,सुश्मा आचार्य, गोभा भण्डारी ,ईन्दा गौतम ,सिर्जना खनाल ,अनिता रायमाझी र मिना थापा रहेका छन।

कमेन्टहरु
Loading...