विमला भण्डारीलाई मित्र मिलन पत्रकारिता पुरस्कार

पोखरा  । मित्र मिलन पत्रकारिता पूरस्कार २०७७ बाट पत्रकार बिमला भण्डारी सम्मानित भएकी छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा भण्डारीलाई सम्मान गरेको हो । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा अहम भूमिका खेलेको भन्दै पत्रकार भण्डारीलाई नगद २५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको हो ।

शनिबार आयोजित संस्थाको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका, सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्की र संस्थाका अध्यक्ष रमण पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्व पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीलाई नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् ।

पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष, सञ्चारिका समुहको केन्द्रिय सदस्य, रेडियो जननीको संस्थापक स्टेसन म्यानेजर, न्यूनतम पारिश्रमिक निर्धारण समितीको पूर्व सदस्य हुन् ।

पुरस्कार ग्रहण गरिसकेपछी भण्डारीले पुरस्कारले थप पत्रकारिता क्षेत्रमा लाग्न उर्जा थपिएको बताउनुभयो ।

१९ बर्षे पत्रकारिताको यात्रामा कहिल्यैपनि पुरस्कारको लागि काम नगरेको बताउने पत्रकार भण्डारीले बेलामौकामा समाजका अन्य क्षेत्रले पत्रकारिताको मूल्याँङ्कन गरेर सम्मान गर्दा खुसी लाग्ने बताइन् ।

कार्यक्रममा संस्थाले सामाजिक व्याक्तित्व सम्मानबाट उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईरालालाई सम्मान गरेको छ । असल समाज निर्माणमा उदाहरणिय काम गरेको भन्दै कोईरालालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । सोही अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी कुलदिप पौडेललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी कास्कीले बनाउन लागेको अत्याधुनि रक्तसंचार केन्द्रको लागि १ लाख ११ हजार १ सय ११ नगद सहयोग गरेको छ । शनिबारकै कार्यक्रममा संस्थाका अध्यक्ष रमण पौडेलले नेपाल रेडक्रम सोसाईटी कास्कीका उप सभापती डण्डराज पौडेललाई नगद चेक हस्तान्तरण गरे।

पोखरा महानगरपालिका, सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीको प्रमुख आतिथ्यतामा संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथी कार्कीले ब्यानरमा हस्ताक्षर सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम उद्घाटनपछी बोल्दै प्रमुख अतिथी कार्कीले बचत तथा ऋण सहकारीले अत्यन्तै प्रभाकारी ढंगले सबै सदस्य सहभागि भएर वर्षभरीको प्रगति विवरण पेश गरेको भन्दै उच्च प्रशंसा गरेका थिए । उनले मित्र मिलन नाम जस्तै सबैको मित्र भएर आगाडि बढ्नुपर्नेमा जोड दिए ।

पहिले कृषि सहकारीमा दर्ता भएर पछी बचत तथा ऋण सहकारीमा परिणत भएपनि कृषिको कामलाई निरन्तरता दिन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईराला, नेपाल रेडक्रस सोसाईटी कास्कीको उपसभापती डण्डराज पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, छिमेकी सहकारीको तर्फबाट नारायण पहारी, संस्थाका कानुनी सल्लाहकार जनकल्याण पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

कोरोना कहरका बिच स्वास्थ्यका सबै मापदण्ड अपनाएर शनिबारबाट सुरु भएको कार्यक्रम पुस ८ गते समापन गरिनुका साथै संस्था सदैव समृद्धिको यात्रामा अगाडि बढ्नका लागि सबैको साथ र सहयोग आबश्यक पर्ने संस्थाका अध्यक्ष रमण पौडेलले बताए ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कुशल पौडेलले गरेका थिए । कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत किरण अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने संगिता रेग्मी सुवेदीले सहकारीको सात सिद्धान्त वाचन गरेका थिए ।

कमेन्टहरु
Loading...