पोखरा । नेपालमा थप ८ सय ९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ८ सय ९९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।
हाल नेपालमा ११ हजार ६ सय ७३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यससंगै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २ सय ४२ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप १ हजार ३ सय ५९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १५ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ६ सय ८९ पुगेको छ ।