पोखरामा थप २१ जनालाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर २ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना किशोरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

५ नम्बर वडामा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २६ वर्षीय १ जना महिला तथा ४० वर्षीय १ जना पुरुष रहेका छन् ।

त्यस्तै पोखरा ६ मा ३३ वर्षीय १ जना पुरुष, ८ मा ३७ वर्षीय १ जना पुरुष तथा ९ मा २६ वर्षीय १ जना महिला, १० मा ५६ वर्षीय १ जना महिला तथा ११ मा ६० वर्षीय १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १२ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ र ४२ वर्षीय २ जना महिला तथा ५० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १४ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

१५ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २५ र ६५ वर्षीय २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पोखरा १६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ र २९ वर्षीय २ जना महिला तथा ४६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर १७ मा २६ वर्षीय १ जना पुरुष तथा १९ मा ४५ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५० वर्षीय १ जना महिला तथा ६३ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

केही अगाडि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको तथ्यांक अनुसार पोखरामा ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा आज ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै तनहुँमा ५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको ब्यास नगरपालिका १ का २ जना, २ का १ जना, ५ का १ जना तथा १३ का १ जना रहेका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार २ सय ४२ पुगेको छ ।

कमेन्टहरु
Loading...