पोखरा । पोखरामा थप ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३१ वर्षीय १ जना महिला तथा ७ वर्षीय १ जना बालकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
२ नम्बर वडामा ३५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा ५ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५६ वर्षीय १ जना महिला तथा ३१ र ६४ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ७ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४ र ७० वर्षीय २ जना महिला तथा ७७ वर्षीय १ जना पुरुष रहेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३६ वर्षीय १ जना महिला तथा ३१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१० नम्बर वडामा ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३० र ३६ वर्षीय २ जना महिला तथा ३८ र ४० वर्षीय २ जना पुरुष रहेका छन् ।
पोखरा ११ मा ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २२, २४ वर्षीय २ जना, २५ र ५३ वर्षीय ५ जना महिला तथा २२, २५ र ४१ वर्षीय ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै वडा नम्बर १२ मा ५६ वर्षीय १ जना महिला, १३ मा ४९ वर्षीय १ जना पुरुष, १४ मा २३ वर्षीय १ जना पुरुष तथा १५ मा २७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १६ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० र ४१ वर्षीय २ जना महिला तथा १६ वर्षीय १ जना किशोरलाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २४ र २९ वर्षीय २ जना महिला तथा २३ र ६६ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १८ मा २४ वर्षीय १ जना तथा १९ मा ५७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर २५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ वर्षीय १ जना महिला तथा ४४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा ४ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २३ र २६ वर्षीय २ जना सहित ३ जना महिला तथा २२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
३२ नम्बर वडामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ५१ वर्षीय १ जना महिला तथा २० र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यता गण्डकी प्रदेशका अन्य जिल्ला नवलपरासी पूर्वमा २० जना, पर्वतमा ३ जना, स्याङ्जामा १ जना तथा तनहुँमा १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार २ सय १६ पुगेको छ ।