श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै कांग्रेसले केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने

पोखरा । नेपाली कांग्रेसले भोलि आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

पार्टीका पूर्व केन्द्रीय सदस्य, काठमाडौंका पूर्व सभापति तथा महाधिवेश प्रतिनिध ८० वर्षीय श्यामलाल श्रेष्ठको निधनमा शोक व्यक्त गर्दै भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति दुख व्यक्त गर्दै भोलि पार्टीको केन्द्रीय कार्यालय तथा जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, १३ औं दिनसम्म सबै कार्यालयमा शोक पुस्तिका राख्ने तथा सामाजिक दुरी कायम गर्दै शोकसभा आयोजना गर्ने निर्णय गरेको छ ।

नेता श्रेष्ठको यही मंसिर २६ गते निधन भएको थियो । श्रेष्ठ पञ्चायती व्यवस्थाको विरोध गर्ने क्रममा पटक–पटक गरेर १७ वर्षभन्दा लामो समय जेल बसेका थिए । उनी कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित सहायता समितिको सदस्य, २०५१ सालको मध्यावधिक निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टीका फर्तबाट उमेद्वार तथा २०५६ सालमा नेपाली कांग्रेस जिल्ला समिति कार्यसमिति काठमाडौंका सभापति रहेका थिए । त्यस्तै श्रेष्ठलाई २०७२ सालमा विपी कोइराला प्रजातान्त्रिक स्मृति ट्रस्टद्वारा विपी सेनानी सम्मानबाट सम्मानित भएका थिए ।

कमेन्टहरु
Loading...