काठमाडौं । नेपाली कांग्रेसका पूवमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो शुक्रबार गरिएको पिसिआर परीक्षण पश्चात उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
