
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनले सकारात्मक समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताएका छन् ।
सञ्चारकर्मी दुर्गा अधिकारीद्वारा लिखित ‘समाज सञ्चार र राजनीति’ पुुस्तकको आज सार्वजानिक गर्दै उनले सञ्चारमाध्यममा नकारात्मक समाचारले बढी स्थान पाउँदै गएको चर्चा गरे । “आजकाल निकै नकारात्मक कुराले मात्र सञ्चारमाध्यममा स्थान पाउन थालेका छन् यसले समाजलाई निराशाउन्मुख बनाउँछ, समाज परिवर्तनका लागि सकारात्मक समाचार आवश्यक हुन्छ, यसतर्फ ध्यान म आग्रह गर्छु” उनले भने ।
पत्रकारले नकारात्मक कुरा बाहिर ल्याउनु पर्छ भन्ने धारणाले गर्दा पछिल्लो समय सकारात्मक कामका समाचारहरु समेत ओझेलमा पर्दै गएको उनको भनाइ थियो ।
लेखक अधिकारीले आफूले विभिन्न समयमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा लेखिएका समसामयिक विषयका लेख समावेश गरी पुस्तक प्रकाशन गरिएको जानकारी दिइन् ।