सार्वजनिक जग्गा खाली गर्न एक्यापको ३५ दिने सुचना

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) पोखराले अतिक्रमित सार्वजनिक जग्गा तथा वन क्षेत्र खाली गर्न ३५ दिने सूचना जारी गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ मा पर्ने सार्वजनिक तथा एक्यापको जग्गा मिचेर बनाइएका संरचनालाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिंदै एक्यापले सूचना जारी गरेको हो । उक्त क्षेत्रमा केही पर्यटन व्यवसायीहरुले होटल, चियापसल, घरटहरा, घुम्तीपसल, लज लगायतका संरचना निर्माण गरेर बसेका थिए । सूचना जारी गरिएको मितिबाट ३५ दिनभित्र त्यस्ता संरचना नहटाएको खण्डमा कानुन अनुसार कारवाही गरिने अन्नपूर्ण संरक्षण कार्यालय पोखरा जनाएको छ ।

कमेन्टहरु
Loading...