पोखरा । पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ६१ वर्षीय १ जना महिला तथा ६७ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
६ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ६० वर्षीय १ जना महिला सहित १८ र ६८ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ७ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३३, ५५ र ५८ वर्षीय ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर ८ मा ५६ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
११ नम्बर वडामा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सो वडामा ५० र ८५ वर्षीय २ जना महिलालाई कोरोना पुष्टि भएको हो ।
पोखरा १२ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १९ वर्षीय १ जना महिला तथा ६१ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १३ मा ७६ वर्षीय १ जना महिला तथा १५ मा ६७ वर्षीय १ जना पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १६ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिला तथा २० वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा २२ र ७४ वर्षीय २ जना महिला तथा ५२ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा १८ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४२ र ५१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा ३१ का ६६ वर्षीय १ जना पुरुष तथा ३२ की ४६ वर्षीय १ जना महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यस अगाडि स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार पोखराका १४ तथा रुपा गाउँपालिकाका १ सहित कास्कीमा १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै यो समाचार तयार पार्दासम्म पोखरामा ३९ तथा रुपा गाउँपालिकामा १ सहित कास्कीमा ४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यता बाग्लुङ तथा स्याङ्जाका १÷१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ हजार १ सय ३५ पुगेको छ ।