राप्रपा नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंका पश्चात काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत रहेका राप्रपा नेता राजेन्द्र लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा रहेको नेता लिङ्देनका स्वकीय सचिव छत्र खडायतले जानकारी दिएका छन् । नेता लिङ्देनको दुवै फोक्सोमा निमोनिया संक्रमण दखिएको छ ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि लिङ्देनलाई चिकित्सकको सल्लाह बमोजिम बिहीबार बेलुका नै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । स्वकीय सचिव खडायतका अनुसार लिङ्देनलाई अहिले अक्सिजन दिनु परेको छैन भने इमरजेन्सीमा उपचार भइरहेको छ ।

यसैबीच उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन पार्टी अध्यक्ष कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनी अस्पताल पुगेका छन् । अध्यक्ष थापा तथा नेता लोहनीलाई लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको विषयमा अस्पतालका चिकित्सक टोलीले जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...