६ हजारको पिसिआर परीक्षण गर्दा नेपालमा १ हजार ५६ जना संक्रमित थपिए, थप १४ जनाको निधन

पोखरा । नेपालमा थप १ हजार ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा रिर्पोट पोजेटिभ आएकामध्ये ३ सय ८६ जना महिला तथा ६ सय ७० जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ रहेको छ ।

हाल नेपालमा १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै नेपालमा थप १ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १४ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ६ सय ५१ पुगेको छ ।

हाल नेपालमा ७ हजार ६ सय ९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ३० जना संक्रमितको आइसियु तथा ५७ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कास्की सहित काठमाडौं तथा ललितपुरमा ५ सयभन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्ला हुन् । त्यस्तै नेपालमा मनाङ तथा डोल्पामा सक्रिय संक्रमितहरुको संख्या सुन्य रहेको छ ।

कमेन्टहरु
Loading...