मंसिर २८ गतेबाट गोरखाको मनकामना मन्दिर सर्वसाधारणका लागि खुल्ने

गोरखा । गोरखाको मनकामना मन्दिर मंसिर २८ गतेबाट खुल्ने भएको छ । कोरोना भाइरसको महामारी तथा गत चैत्रदेखि नेपालमा लागू भएको लामो समयको लकडाउनले गर्दा प्रसिद्ध धर्मस्थलका रुपमा चर्चित मनकामना मन्दिर बन्द रहेको थियो ।

कोरोना महामारी तथा लकडाउनको कारणले मन्दिर सर्वासधारणका लागि बन्द गरिएको भए पनि मन्दिरका पुजारीहरुले दैनिक रुपमा पुजा गर्दै आएका थिए । विभिन्न सरोकारवाला निकायसंगको छलफल पश्चात विगत ८ महिनादेखि बन्द रहेको मनकामना मन्दिर तथा केबलकार खुलाउने निर्णय भएको हो ।

कमेन्टहरु
Loading...