काठमाडौं । युरोपियन युनियनमा निवेदन दिएर बासमती धानको भौगोलिक संकेतका लागि भारतले गरेको दावीप्रति नेपालले आपत्ति प्रकट गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले भारतले दिएको निवेदनप्रति आपत्ति प्रकट गरेको जानकारी दिएका हुन् । साथै भारतले बासमती धानबारे गरेको दावीको कडा रुपमा प्रतिवाद गर्ने उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव तथा सरोकारवाला निकायको बैठकले निर्णय गरेको छ । मन्त्रालयले नेपालमा धेरै पहिलेदेखि बासमती धानको उत्पादन गर्दै आएको र निर्यात गरिरहेको दावी गरेको छ ।
