पोखरा । नेपालमा थप १ हजार ३ सय ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ३ सय ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लोपटक गरिएको पिसिआर परीक्षाण्का क्रममा रिर्पोट पोजेटिभ आएकामध्ये ५ सय ४६ जना महिला तथा ८ सय ३६ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।
हाल नेपालमा १२ हजार ६ सय ८६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ९ सय ४७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा १७ लाख ९९ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो अवधिमा नेपालमा थप १ हजार ६ सय २१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको कुल संख्या २ लाख २९ हजार ५४ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ६ सय ३७ पुगेको छ ।
हाल नेपालमा ८ हजार ४७ जना कोरोना भाइरस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ५४ जना संक्रमितको आइसियु तथा ५८ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कास्की सहित काठमाडौं तथा ललितपुरमा ५ सय भन्दा माथि उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएका जिल्ला हुन् । त्यस्तै मनाङ तथा डोल्पामा सक्रिय संक्रमितहरुको संख्या सुन्य रहेको छ ।