सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो, अब नयाँ उचाई ८८४८.८६ मिटर हुने

पोखरा । नेपाल र चीनले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेका छन् ।

आज सार्वजनिक गरिए अनुसार नेपालको उचाई ८६ सेन्टिमिटर बढेको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका सरकारी प्रतिनिधिको संयुक्त भर्चुअल कार्यक्रमबाट सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् । अब सगरमाथाको उचाई ८८४८.८६ मिटर पुगेको छ ।

यस अगाडि सगरमाथाको उचाई भारतले सन् १९९४ मा मापन गर्दा ८८४८ रहेको थियो र यो उचाई नै नेपालले आधिकारिक रुपमा प्रयोग गरिरहेको थियो । नेपाल र चीनले संयुक्त रुपमा उचाई घोषणा गरेको भए पनि मापन भने छुट्टाछुट्टै गरेका थिए ।

कमेन्टहरु
Loading...