पोखरा । भारतमा भएको २१ औं वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा नेपाली टोलीले ३ स्वर्ण तथा १ वटा रजत पदक जित्न सफल भएको छ । प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आले मगर, श्रुति कार्कीले गोल्ड मेडल तथा सिनियर तर्फ राजेश सुवालले रजत पदक जितेको एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टिमका प्रशिक्षक जीवन गिरीले जानकारी दिएका छन् । प्रतियोगितामा दक्षिण एसिया लगायत विभिन्न देशका खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा ५ जना खेलाडी सहित २ जना अफिसियल एसियन पावर लिफ्टिङ फेडेरेसनका प्रशिक्षक जीवन गिरी तथा नेपाल पावर लिफ्टिङ फेडेरेसनका सल्लाहकार केदार स्थापित सहभागी भएका थिए ।